काठमाडौं – झण्डै ४० लाख नक्कली भारतीय रुपैयाँसहित एक पाकिस्तानी नागरिक त्रिभूवन विमानस्थलबाट पक्राउ परेका छन् ।
पाकिस्तानबाट ओमान हुँदै बुधबार राति ८ बजे काठमाडौं आएका पाकिस्तानी नागरिक मोहम्मद ३९ लाख ९० हजार नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् । उनको पूरा परिचय खुलाइएको छैन ।
पक्राउ परेका ती पाकिस्तानी नागरिकले कपडाको कार्टुनभित्र नक्कली नोट लुकाएको विमानस्थल प्रहरी स्रोतले जनाएको छ ।



