वीरगञ्ज, कात्तिक १८ दुवै प्रहरी प्रमुख विदेशमा रहेका बेला गृहमन्त्री विजयकुमार गच्छदारले हिजो मन्त्रिपरिषद्बाट गराएको नेपाल प्रहरी र सशस्त्रका डिआइजीको विवादित बढुवालाई उनले अहिलेसम्मकै राम्रो बढुवा भएकोु टिप्पणी गरेका छन्।
गृह मन्त्रालयको सिफारिसमा बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रहरीतिर वरिष्ठता मिच्दै भीष्म प्रसाईं र नवराज ढकाललाई एआइजीमा बढुवा गरेको थियो। जनआन्दोलनमा दमन गरेकाले कारबाहीको सिफारिसमा परेका सशस्त्रका डिआइजी दुर्जकुमार राई समेत एआइजी बनेका छन्।
मध्यमाञ्चलस्तरीय सुरक्षा भेलामा सहभागी हुन वीरगञ्ज आएका उपप्रधानमन्त्री समेत रहेका गच्छदारले बढुवामा वरिष्ठता मात्रै नहेरेर कार्यदक्षता र कार्यक्षमता पनि हेर्नुपर्ने तर्क गरे।
राईको बढुवालाई पनि ुजायजु ठहर्याउँदै गच्छदारले भने, ुउनी एक सक्षम अफिसर हुन्। त्यो आरोपमा उनले सफाइ पाइसकेका छन् र दुई पटक बढुवा भइसकेका छन्।ु
नेपाल प्रहरी र सशस्त्र प्रमुख अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलको महासभामा भाग लिन भियनामा रहेका बेला यो निर्णय गरिएको हो। दुवै आज शुक्रबार स्वदेश फर्कंदै छन्।
प्रहरीमा सातजना एआइजी हुने व्यवस्था छ। पाँच कार्यरत छन् भने दुईजना सुडान कान्डमा परेर निलम्बित छन्। निलम्बित अधिकारीको पद रिक्त नहुने भए पनि ुविशेष परिस्थितिु भन्दै गृहमन्त्री गच्छदारको सिफारिसमा ढकाल र प्रसाईंको बढुवा गरिएको हो।
गृह मन्त्रालय, कर्मचारी प्रशासन महाशाखाका सहसचिव मोहन सापकोटाले ुविशेष परिस्थितिलाई आधार मान्दै दुईजना डिआइजीको बढुवा भएकोु बताए। निलम्बनमा परेका एआइजी अर्जुनजंग शाही र मदन खड्काले मुद्दा जिते मन्त्रालयमा हाजिर गराउने व्यवस्था गरिएको उनले जानकारी दिए।
पद रिक्त नभएको अवस्थामा पद संख्या बढाएर मात्र बढुवा हुनुपर्ने वा कायममुकायम दिनुपर्नेमा पूरै बढुवा गर्नु न्यायोचित नभएको एक प्रहरी अधिकारीको टिप्पणी छ।
प्रधान कार्यालय स्रोतका अनुसार गृहमन्त्री गच्छदारले प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहसँग दुईजना एआइजी निलम्बनमा परेकाले प्रहरी संगठनको काम प्रभावित भएको भन्दै बढुवाका लागि डिआइजीको नाम मागेका थिए।
स्रोतका अनुसार वरिष्ठताका आधारमा प्रकाशकुमार रञ्जित र दिनकर शमशेर राणा अगाडि रहेकाले पहिलो र दोस्रोमा उनीहरूको नाम राखेर बढुवाको प्रस्ताव गरिएको थियो। डिआइजी प्रसाईंको नाम तेस्रो नम्बरमा थियो भने ढकाल चौथो नम्बरमा थिए। तर मन्त्रालयले आइजिपीको सिफारिस उल्ट्याउँदै प्रसाईं र ढकालको बढुवा सिफारिस गरेको हो।
सशस्त्रमा पनि उस्तै
२०६२र६३ को लोकतान्त्रिक आन्दोलनमा अनावश्यक बल प्रयोग गरी दमन गरेको आरोप लागेका सशस्त्र प्रहरीका डिआइजी दुर्जकुमार राईको बढुवा भएको छ। तत्कालीन एसएसपी राई कलंकीमा खटिँदा गोली लागेर तीनजना प्रदर्शनकारीको ज्यान गएको थियो।
कलंकीमा भएको शान्तिपूर्ण प्रदर्शनमा गोली प्रहार गरी प्रदर्शनकारीमाथि दमन गरेको भन्दै रायमाझी आयोगले उनलाई कारबाहीको सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले सशस्त्रका ऋषवदेव भट्टराई र जीवनकुमार थापालाई एआइजीमा बढुवाको निर्णय गरेको छ। भट्टराईलाई लेबनानमा शान्ति सेनामा कार्यरत छँदा प्यालेस्टिनीलाई गोली बेचेको आरोप लागेको थियो।
वरिष्ठ डीआईजीद्वय कृष्णकुमार तामाङ र प्रकाश ओझालाई छाडेर मन्त्रिपरिषदले चौथो र पाँचौं वरियतामा रहेका भट्टराई र थापालाई बढुवा गरेको हो।



