
दुई दिनभित्र कार्यतालिका बनाउन यसअघि निर्देशन दिएअनुरुप समितिको सचिवालयले तयार पारेको कार्यतालिका समितिको बैठकले शुक्रबार अनुमोदन गरेको हो । बैठकले कार्यतालिका अनुसारका काम कार्यान्वयन गर्न पनि सचिवालय तथा लडाकु शिविरलाई निर्देशन दिएको छ ।
कात्तिक २५ गतेदेखि नै पुर्नवर्गीकरण सुरु गर्ने भनिए पनि सर्वेक्षण टोलीलाई आवश्यक पर्ने ‘लजिस्टिक’ लगायतको व्यवस्थाका लागि केही समय लाग्ने भएकाले कात्तिक ३० गतेबाट मात्र वर्गीकरण थालिने भएको छ ।
समितिको बैठकले पुर्नवर्गीकरणपछि पुर्नस्थापना र स्वेच्छिक अवकासमा जाने लडाकुको प्याकेजबारे विस्तृत कार्ययोजना तयार पार्न पनि सचिवालयलाई निर्देशन दिएको छ । मुख्य दलबीच भएको सात बुँदे सहमतिमा पुर्नस्थापनामा जाने लडाकुलाई ६ देखि ९ लाख रुपैयाँ दिने उल्लेख छ ।



