संविधान नबनेसम्म प्रचण्ड प्रधानमन्त्री नहुने

संविधान नबनेसम्म प्रचण्ड प्रधानमन्त्री नहुने


काठमाण्डौं, कात्तिक १९ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति र संविधान पुरा नभएसम्म प्रधानमन्त्री नबन्ने बताउनुभएको छ । आफ्नो निवास नयाँ बजारमा आफू निकट पत्रकारसित माओवादी अध्यक्ष प्रचण्डले अहिले बाबुराम भट्टराईको विकल्प नखोजिने बताउनुभयो ।


 

शान्ति र संविधान नचाहनेले आफू विरुद्ध प्रचारबाजी गरिरहेको भन्दै प्रचण्डले शान्ति र संविधान पुरा भएपछि मुलुकको कार्यकारी प्रमुखको पदका लागि आफू नागरिकका बीचमा चुनावमा जाने प्रचण्डले स्पष्ट पार्नुभयो । कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री जे भएपनि आफू शान्ति र संविधान टुंगो लागेपछि मात्रै नागरिक समक्ष जाने प्रचण्डको भनाई छ । बाबुराम भट्टराईकै नेतृत्वमा शान्ति र संविधानको काम अघि बढ्ने स्पष्ट पार्दै प्रचण्डले भन्नुभयो ‘अरु दलले प्रस्ताव गरेपनि म प्रधानमन्त्री बन्दिन ।’