काठमाडौ – चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनाको छाउनीस्थित श्री बिरेन्द्र सैनिक अस्पतालका लागि ६० करोड २७ लाख रुपैयाँ बराबरको सैनिक सहयोग उपलब्ध गराउने भएको छ ।
प्रधानसेनापति छत्रमान सिंह गुरुङको चिन भ्रमणको अवसरमा गुरुङ र चिनियाँ जनमुक्ति सेनाका सेनाध्यक्ष चेन विङदेबीच उक्त सहयोग उपलब्ध गराउने प्रोटोकलमा हस्ताक्षर भएको सैनिक जनसम्पर्क निर्देशनालयल जनाएको छ ।
निर्देशनालयले आइतवार जारी गरेको बिज्ञप्ति अनुसार जनरल विङ्देको औपचारिक निमन्णामा चिन भ्रमणमा गएका सेनापति गुरुङको छ सदस्यिय टोली आइतवार स्वदेश फर्केको छ । उनले चिनियाँ जनमुक्ति सेनाका बिभिन्न तहका अधिकारीहरुसंग पनि भेटवार्ता गरेका थिए । उनको टोली कातिक १३ गते चिन भ्रमणमा गएका थिए ।



