सरकारले वृद्धि गरेको सार्वजनिक सवारीसाधन भाडादर फिर्ता लिन माग गर्दै विद्यार्थीहरुद्धारा चक्काजाम

काडमाडौं  – रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) क्याम्पस अगाडि सरकारले वृद्धि गरेको सार्वजनिक सवारीसाधन भाडादर फिर्ता लिन माग गर्दै विद्यार्थीहरुले चक्काजाम गरेका छन् ।

अनेरास्ववियु आरआर क्याम्पस एकाइले आइतबार बिहान सरकारले वैज्ञानिक भाडादर निर्धारण नगरी सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरिएको विरोधमा करिब एकघण्टा चक्काजाम गरेको हो ।

आरआर क्याम्पसका स्ववियु सभापति एवम् अनेरास्ववियु सचिवालय सदस्य राजकुमार राईले सरकारले विज्ञ र सरोकारवालासँग छलफल नगरी बढाएको सार्वजनिक सवारीसाधनको भाडा तत्काल फिर्ता गर्नुपर्ने माग गरे ।

सरकारले न्यूनतम् दूरी ६ किमीको भाडा तिर्नुपर्ने गरी बनाएको बाध्यतालाई खण्डित गरी २