
शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्नै लागेको बताउँदै भट्टराईले शान्ति पछि दक्ष जनशक्तिको खाँचो पर्ने हुँदा अवसर र कामको खोजीमा बिदेश पलायन नभई देशमै बसेर काम गर्न बिद्यार्थीमाझ आग्रह गरेका हुन् । मुलुकलाई परनिर्भरताबाट आत्मनिर्भरतातिर प्रवेश गराउने अवसर पनि दीक्षित बिद्यार्थीकै काँधमा आएको उनको भनाई थियो ।



