
सत्रौं दीक्षान्त समारोहको कार्यक्रम सकिन नपाउँदै आइतबार रातिबाट केयूमा अनिश्चितकालीन तालाबन्दी गरिएको हो ।

‘हामीले अल्टिमेटम दिई माग सहित ज्ञापन पत्र बुझाउँदा समेत केयू प्रशासनले सुनुवाईमा कुनै चासो नदेखाएपछि बाध्य भई तालाबन्दी गरेका हौं’ नेविसंघ काठमाडौं विश्वविद्यालय केन्द्रीय समितिका सभापति विनायकराज पाण्डेले इ-कान्तिपुरसँग भने,’अब पनि हाम्रो तालाबन्दीलाई बेवास्था गर्न खोजे नेविसंघको सम्पूर्ण शक्ति एकृकित गरेर भौतिक कारबाहीमा उत्रिन बाध्य हुनेछौं ।’
विश्वविद्यालय हाताभित्र नेविसंघका केन्द्रीय सदस्य अर्जुन थापा माथि भएको हातपातको छानबिन गरी अराजक गतिबिधि गर्ने माथि कारबाही गुर्नपर्ने, पूर्व सहमति अनुरुप बिद्यार्थीले कार्यक्रम गर्न पाउनुपर्ने, नव आगन्तुक बिद्यार्थीबाट ग्रयान्ड ओएलकमको नाममा मनपरी ढङ्गले उठाइएको शुल्क फिर्ता गर्नुपर्ने लगायतका १५ बुँदे मागहरु रहेका छन् ।

तालाबन्दीबाट विश्वविद्यालयमा अध्ययनरत करिब ८ हजार बिद्यार्थीको पठनपाठनमा अवरोध पुग्छ ।




