कोहलपुर, २२ कात्तिक नेपालगञ्जमा आज बिहान बम बिस्फोट हुँदा तीनजना गम्भीर घाइते भएका छन् । नेपालगञ्ज नगरपालिका वडा नम्बर १२ जिल्ला हुलाक कार्यालय अगाडि रहेको शितलनगरमा रहेको महाकाली मिल नजिकै रहेको राजु अग्रवालको घरमा सकेट बम विष्फोट भएको हो ।
घरमा बम बनाउँदै गरेको अवस्थामा बम बिस्फोट हुँदा शालिकराम कायस्थ, बाबुराम कायस्थ र डब्लु कायस्थ गम्भीर घाइते भएका हुन् । उनीहरुको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भिर रहेको बाँके प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बााकेका डिएसपी उदय तामाङले बताए ।