हत्याका दोषी सभासदलाई बचाउने सरकारको प्रयास

काठमाडौं, २२ कात्तिक हत्याको आरोपमा सर्वोच्च अदालतले जन्मकैदको सजाय सुनाएका माओवादी सभासद बालकृष्ण ढुंगेललाई सरकारले बचाउने प्रयास गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सजाय मिनाहा गर्न राष्ट्रपति रामवरण यादवसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ओखलढुंगाबाट संविधानसभामा निर्वाचित ढुंगेललाई सर्वोच्चले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । उनलाई करिब १२ वर्ष अघि ओखलढुंगाको ताराबारीका भुवन केसीको गोली हानी हत्या गरेको आरोप लागेको छ ।

श्रेष्ठका २०५५  सालमा हत्या भएको थियो ।

संविधानको धारा १ सय ५१ मा  मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले कुनै पनि अदालतले दोषी करार दिएको अपराधीलाई उसको सजाय कम गर्ने, माफी दिने अधिकारको व्यवस्था छ । यस्तो अधिकार राष्ट्रपतिले मात्र प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । सिफारिस मन्त्रीपरिषद्ले मात्रै गर्न पाउँछन् ।