२३ कात्तिक, काठमाण्डौ । प्रशासनले रक्तचन्दन ओसारपसारमा कडाई गरेपनि तस्करहरुले नयाँ नयाँ उपाय खोज्दै तस्करी जारी राखेका छन् । बिरामी बोक्ने एम्बुलेन्स मात्र हैन, अब त हेलिकोप्टरबाटै पनि रक्तचन्दन तस्कारी हुन थालेछ ।
दशैंको समयमा रसुवाको बिकट गाउँ थुम्मनसम्म हेलिकोप्टरमार्फत रक्तचन्दन तस्करी भएको भर्खरै खुलासा भएको नेपाल समाचारपत्र दैनिकले छापेको छ । दशैंको मौका छोपेर तस्करहरुले थुम्मनको मालाघडी बनमा हेलिकोप्टर अबतरण गराएर रक्तचन्दन झारेको स्थानीयवासीको भनाई छ ।



