राष्ट्रपति कार्यालय भन्छ पत्र आएको छैनु

काठमाडौं, कार्तिक २४ माओवादी सभासद बालकृष्ण ढुंगेलविरुद्धको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को सिफारिस पत्र राष्ट्रपति कार्यालयमा बुधबार रातिसम्म पुगेको छैन ।

औपचारिक रूपमा सरकारको पत्र आइनसकेकाले के गर्ने भन्नेबारे कुनै परामर्श नभएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले कान्तिपुरलाई बताए । ुअखबारबाट मात्रै थाहा भएको हो, औपचारिक रूपमा सरकारको निर्णय प्राप्त भएको छैन, सरकारका प्रवक्ताले बोलेको पनि थाहा भएन,ु दाहालले भने, ुऔपचारिक रूपमा पत्र आएपछि कस्तो आधारमा निर्णय लिइएको छ भन्ने कुरा बल्ल थाहा हुनेछ ।ु

 प्रधानमन्त्री बाबुराम भट्टराई माल्दिभ्स जानुअघि मंगलबार मन्त्रिपरिषद् बैठकले सर्वस्वसहित जन्मकैद सजाय पाएका ढुंगेललाई आममाफी दिने निर्णय गरेको थियो । उक्त निर्णय राष्ट्रपतिबाट स्वीकृत भएपछि मात्रै कार्यान्वयन प्रक्रियामा जान्छ ।

सरकारले निर्णय गरे पनि प्रधानमन्त्री र मुख्यसचिव माधव घिमिरे सार्क बैठकमा भाग लिन माल्दिभ्स गएकाले सिफारिस गर्ने निर्णय राष्ट्रपति कार्यालयमा पुग्न नसकेको स्रोतको दाबी छ । पीडित पक्षले भने राष्ट्रपति यादवलाई सिफारिस कार्यान्वयन नगर्न आग्रह गरेका छन् ।