सुनसरीको मुलनहरमा ट्रयाक्टर खस्यो, १७ जनाको मृत्यु

सुनसरी, २४ कात्तिक सुनसरीको भरौलस्थित मोरङ सिचाई आयोजनाको मुल नहरमा आज बिहान तिर्थालुहरु बोकेको ट्याक्टर दुर्घटना हुदा कम्तिमा १७ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्युहुनेमा १५ जना महिला र २ जना पुरुष रहेको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यलयले जनाएको छ । दुर्घटनामा परी अन्य ९ जना घाइते भएका छन ।

उनीहरुलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
 
धनुषाबाट सुनसरीको बराह क्षेत्रमा दर्शन गर्न आएका दर्शनार्थी चढेको ज १ त ४५५३ नंम्बरको ट्रयाक्टर आज बिहान ५ बजे भरौ २ स्थित नहरमा खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा वेपत्ता भएकाहरुको खोजी कार्य भइरहेको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यलयका मिडिया सुचक भीप्रसाद दाहालले जानकारी दिए ।
 
थप विवरण आउँदै।।।।