दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सत्रौँ शिखर सम्मलेन आजदेखि सुरु

काठमाडौ  – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सत्रौँ शिखर सम्मलेन बिहीबारदेखि सुरु हुँदैछ । सम्मेलनमा भाग लिने सिलसिलामा माल्द्विभ्सको अड्डु नगरमा रहेका प्रधानमन्त्री डा बाबुराम भट्टराई बिहानैदेखि द्विपक्षीय भेटघाटमा व्यस्त छन् ।

प्रधानमन्त्री भट्टराईले अड्डुस्थित साङ्ग्रिला रिजोर्टमा प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का राष्ट्रपति महेन्दा राजपाक्षसँग भेटवार्ता गरे । त्यस अवसरमा दुुई नेताबीच सार्कको सुदृढीकरण, द्विपक्षीय सम्बन्ध विस्तारका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीले संविधान लेखन र शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन हालै प्रमुख दलहरूबीच भएको सातबुँदे सम्झौताबारे जानकारी दिए ।

प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार प्रधानमन्त्रीले भुटानका प्रधानमन्त्री लोन्चेङ जिग्मी योसेर थिन्लेसँग वार्ता गरेका छन् । सांग्रीला रिशोर्टमै भएको भेट भूटानी शरणार्थी समस्या समाधानका विषयमा केन्द्रित भएको थियो । प्रधानमन्त्री भट्टराईले भूटानी शरणार्थीलाई उनीहरुको चाहना अनुसार स्वदेश फर्कने वा तेश्रो मुलुक जाने व्यवस्था गर्न आग्रह गरेका छन् ।

त्यस्तै भूटानी प्रधानमन्त्री थिन्लेले यहि नोभेम्बर १९ तारिखमा भुटानमा हुन लागेको जलवायु परिवर्तन सम्बन्धि शिखर सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् । प्रधानमन्त्री भट्टराईले शान्ति प्रक्रियालाई निष्कर्षमा पु