मंङसिर ७ गतेपछि राष्ट्रिय सहमतिको सरकार बन्ने: एमाले शंकर पोखरे

बरुण पनेरु, डडेल्धुरा  – ७ वुदेँ सहमति कार्यान्वयन र सेना समायोजनको काम सन्तोषजनक अगाडि बढे मंङसिर ७ गतेपछि राष्ट्रिय सहमतिको सरकार बन्ने एमाले सचिव शंकर पोखरेले बताएका छन। एमाले डडेल्धुराको जिल्ला परिषद भेलाको उद्‍घाटन गर्दै उनले अहिलेकै सरकारमा राष्ट्रिय सहमति नहुने दाबी गरे।


पोखरेलले सातबुँदे सहमतिको भावना मंसिर ७ पछाडि राष्ट्रिय सरकार बनाइने रहेको बताए।

मसिर ७ गतेसम्म सातबुँदे सहमति अनुसार शान्ति र संविधान निर्माणका आधारभूत काम सके राष्ट्रिय सहमतिको सरकार बन्छ,’ नेता पोखरेलले भने, त्यो हुन सकेन भने समीक्षा गरेर नयाँ ढंगबाट अगाडि बढनुपर्ने हुन्छ।’ एमालेले अब बन्ने सरकारको नेतृत्वका लागि दाबी नगर्नेसमेत पोखरेलले बताए ।


मन्त्रिमण्डल विस्तारका सन्दर्भमा सञ्चाकर्मीहरुको जिज्ञासामा नेता पोखरेलले मन्त्रिमण्डल विस्तार गरिनु सातबुँदे सहमतिको विपरीत र असान्दर्भिक भएको बताए।