एमाले उपाध्यक्ष बामदेव गौतमले उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतले कसुर ठहर गर्दै सजाय सुनाईएका सभासद बालकृष्ण ढुंगेललाई जोगाउन राष्ट्रपतिलाई गरिएको सिफारिसको निर्णय अदालतको बर्खिलाप भएको बताउनुभएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले उपाध्यक्ष गौतमले राष्ट्रपतिले सभासद ढुंगेलका बिषयमा संबिधान अनुसार निर्णय लिनुपर्ने धारणा राख्नुभयो ।
अर्को प्रसंगमा दुई-दुई पटक एमाले र माओवादीको नेतृत्वमा सरकार बनिसकेकाले अब काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने गौतमको भनाइ छ । काँग्रेसको नेतृत्वमा बन्ने सरकारले शान्ति र संबिधानको प्रकृया पूरा गर्ने उपाध्यक्ष गौतमको विश्वास छ ।
प्रमुख तीन दल र मधेशी मोर्चाबीच भएको सहमतिले मुलुकलाई भयंकर दुर्घटनाबाट जोगाएको भन्दै एमाले उपाध्यक्ष गौतमले दलहरुबीच भएको सहमति अनुसार मंसिर ७ गतेभित्र शान्ति र संबिधान निर्माण प्रकृयाका आधारभूत कामहरु सम्पन्न हुने र त्यस लगत्तै राष्ट्रिय सहमतिको सरकारको पहल हुने जानकारी दिनुभयो ।