काठमाडौं -नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेता शेरबहादुर देउवाले केन्द्रीय सदस्यबाट दिएको राजीनामा अस्वीकार गरेका छन् । देउवालाई शनिबार पत्र पठाउँदै कोइरालाले असोज ११ गते दिएको राजीनामा अस्वीकृत भएको जानकारी गराएका छन् । उनले पार्टी एकताबद्ध बनाउने आफ्नो अभियानमा देउवाको पनि साथ चाहिने उल्लेख गर्दै छलफलबाटै विवादका समाधान खोजिने पत्रमा उल्लेख गरेका छन् ।
भ्रातृ संघठनको नेतृत्व विघटन गरिएपछि विरोधमा पार्टी कार्यालय सानेपामा बसेका आफू समर्थक नेता कार्यकर्ताको स्वास्थ्य बिग्रँदासमेत कोइरालाले वास्ता नगरेको भन्दै देउवाले राजीनामा दिएका थिए । राजीनामापछि कोइराला र देउवाबीच बोलचाल नै बन्द हुने अवस्था सिर्जना भएको थियो ।
कोइरालाले पत्रमा पार्टीलाई गतिशिल बनाउन देउवाको सक्रिय भूमिकाको अपेक्षा गरेका छन् ।



