दोहोरियो भूकम्प

२७ कात्तिक, काठमाडौँ । गत १ असोजमा गएको भूकम्पको त्रासदी नसकिँदै आज फेरि नेपालमा भूकम्प गएको छ ।
गोर्खा जिल्ला केन्द्रबिन्दु बिहान ५ बजेर ३५ मिनेटमा ५ रेटर स्केलको भूकम्प गएको भूम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका कारण कुनै मानवीय क्षति भने भएको छैन । भूकम्पको धक्का राजधानीलगायत गोरखासँग नजिक रहेका धादिङ, तनहुँ, लम्जुङ, कास्की र स्याङजामा पनि महसुस गरिएको थियो । भूकम्प आएपछि कतियप ओछ्यानमा सुतिरहेका मानिसहरु भागेर सुरक्षित स्थानमा पुगेका थिए भने कतिपयले निन्द्रैमा रहेका कारण भूकम्पको पत्तै पाएनन् ।
गत १ असोजमा गएको ६ दशमलब ९ रेक्टर स्केलको भूकम्पका कारण ७ जनाको ज्यान गएको थियो भने कयौँ घाइते भएका थिए । भूकम्पका कारण भत्किएका सर्वसाधारणका घरहरु राज्यले समयमै राहत उपलध्ग नगराउँदा अझै मर्मत भएका छैनन् । यति छिटोछिटो भूकम्प जानुलाई भूकम्पविदहरुले अशभु संकेतका रुपमा लिएका छन् ।