संघीयता र गणतन्त्र संस्थागत गर्ने तर्फ वर्तमान सरकार केन्द्रित रहेको प्रधानमन्त्री बाबुराम भट्टराईको भनाइ


 

काठमाडौ  – संघीयता र गणतन्त्र संस्थागत गर्ने तर्फ वर्तमान सरकार केन्द्रित रहेको प्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री भट्टराईले मुलुकको समृद्धी र विकासका लागि संघीयता र गणतन्त्र अत्यावश्यक रहेको भन्दै आफू नेतृत्वको सरकार ती दुई विषयमा केन्द्रित रहेको बताए । उनले भने, ‘वर्तमान सरकारका प्रधानमन्त्रीको हैसियतले म गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने कुरालाई प्राथमिकता दिई कार्यान्यवन गर्न चाहन्छु ।’

मुलुक संघीयतामा गएको पाँच वर्ष बितिसक्दा समेत कार्यान्यवन नभएको उनको भनाइ थियो । प्रधानमन्त्री भट्टराईले पहिचान र सामार्थ्यका आधारमा जातीय, क्षेत्रीय, भाषिक र धार्मिक विविधता सहितको संघीयता निर्धारण गर्नुपर्नेमा जोड दिए ।

संघीयता विरोधी तत्व विलाउँदै जाने उल्लेख गर्दै उनले गणतन्त्र र संघीयता कार्यान्यवन गराउन सबै एकजुट हुनु पर्ने बताए ।