काठमाडौ – माओवादीका सभासद् बालकृष्ण ढुङ्गेल बिरुद्धको मुद्दा राजनीतिक भएको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईले त्यसलाई त्यही अनुरुप बुझिदिन काँग्रेस सभापति सुशील कोइरालालाई आग्रह गरेका छन् ।
आइतवार साँझ कोइलारा निवास पुगेका प्रधानमन्त्रीले उक्त विषयमा विरोध नगरिदिन पनि आग्रह गरेका थिए ।
तर, उत्तरमा कोइरालाले सर्वोच्च अदालतलेसमेत अपराधी करार गरिसकेको अबस्थामा ढुङ्गेलको मुद्दा राजनीतिक हुनै नसक्ने हुँदा सरकारले तत्काल फिर्ता लिनुपर्ने अडान राखेका थिए ।
‘उक्त मुद्दा राजनीतिक हुने सक्दैन, तत्काल आममाफीको निर्णय फिर्ता नलिए विश्वासको वातावरण स्खलित हुन्छ भन्ने मेरो कुरा हो’ कोइरालाले प्रधानमन्त्रीसंगको छलफल पछि संवाददाताहरुसंग भने । प्रधानमन्त्री भट्टराई भने कुनै प्रतिक्रिया नदिइ बाहिरिए ।
छलफलमा सुरुमा प्रधानमन्त्रीले सार्क सम्मेलनका सम्बन्धमा जानकारी गराएका थिएभने बिशेष समितिको बैठक बसेर शान्ति प्रकृया चाँडै अघी बढाउने बताएका थिए ।



