समायोजन बहिष्कार गर्न लडाकुलाई वैद्य र थापाको अपिल

काठमाडौं, २९ कात्तिक माओवादी उपाध्यक्ष मोहन वैद्य ९किरण० र महासचिव रामबहादुर थापा ९बादल०ले दलहरुबीच भएको सेना समायोजनसम्बन्धी सम्झौता ुजनमुक्ति सेनाका लागि अत्यन्तै अपमानजनक र शान्तिविरोधीु भएको भन्दै संयुक्त विज्ञप्तिमार्फत यसमा सहभागी नहुन लडाकुहरुलाई अपिल गरेका छन् ।
सेना समायोजनसम्बन्धी सम्झौता सारतः जनमुक्ति सेनाको निम्ति अत्यन्तै अपमानजनक र शान्तिविरोधी समेत भएकोले हामी स्वाभिमानी जनमुक्ति सेनाका कमान्डरसहित सम्पूर्ण योद्धाहरुलाई यस प्रकारको आत्मसमपर्णवादी प्रक्रियाबाट पूर्ण रूपमा अलग हुन हार्दिक अपिल गर्दछौं,ू विज्ञप्तिमा भनिएको छ ।