कब्जा गरिएको घरजग्गा एक ईन्च पनि फिर्ता नगर्ने, जबर्जस्ती फिर्ता गर्न खोजे प्रतिरोध गर्ने माओवादी किसान महासंघको चेतावनी

एकीकृत माओवादी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले कब्जा गरिएका घरजग्गा तथा सम्पत्ति फिर्ता नगर्ने अडान दोहोर्‍याउँदै जबर्जस्ती फिर्ता गर्न खोजे प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

 

राजधानीमा पत्रकार सम्मेलन गरी महासंघ क्रान्तिकारीका उपाध्यक्ष ठाकुरप्रसाद चापागाईले कब्जा गरिएको घरजग्गा फिर्ता गर्ने सरकारी निर्णय जनघाती भएको भन्दै प्रतिरोधमा उत्रने उद्घोष गर्नुभयो ।

 

पत्रकार सम्मेलनमा किसान महासंघका वैद्य पक्षधर मानिनेर उपाध्यक्ष चापागाई, महासचिव नन्दबहादुर बुढामगर र सचिव धनबहादुर महर्जनले पार्टी नेतृत्व र सरकारको कदमले सामन्त र जमिन्दार पोस्ने काम गरेको आरोप लगाए ।

 

उनीहरुले विकल्प नदिएसम्म कब्जा गरिएको जग्गा एक इन्च पनि फिर्ता नगर्ने बताए । पार्टी नेतृत्व सत्ता र विदेश सयरमा रमाइरहेको आरोप पनि उनीहरुले लगाएका छन् ।