रामाटेक्स कम्पनीमा कार्यरत महोत्तरीका पञ्च शाहमाथि कम्पनी मालिकले अभद्र व्यवहार गरेको विरोधमा नेपाली श्रमिक आक्रोशित भएका हुन । काममा व्यस्त रहेका बखत शाहलाई कम्पनी साहुले कम्पनीमा रहेको ढुगां टिपेर फ्याँक्न भन्दा ढिला गरेको आरोपमा कम्पनी मालिकले दुई थप्पड हान्नुका साथै आफूले खाइरहेको चुरोट मुखमा लगेर झोसिदिएको सोही कम्पनीमा कार्यरत अर्का नेपाली सूर्यकुमार रेग्मीले बताए ।
यसैबीच कम्पनी मालिकले गरेको दुव्र्यवहारविरुद्ध नेपालीले थालेको आन्दोलनमा भियतनामी र वंगलादेशी श्रमिकहरुले ऐक्यबद्धता जनाएका छन् । आन्दोलन चर्किएपछि अहिले कम्पनीमा ठूलो संख्यामा प्रहरीको तैनाथी गरिएको छ । सबै श्रमिहरु कम्पनीको आवास गृहमा एकतृत भएर बसेका छन् ।
आफूहरुको आन्दोलनका बारेमा नेपाली श्रमिकहरुले त्यहाँस्थित नेपाली दुूतावासलाई जानकारी गराएका छन । श्रम सहचरी सूर्यप्रसाद भण्डारीले आफू कम्पनीमै गएर समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । टेक्सटाईल उत्पादन हुने उक्त कम्पनीमा करिब एक हजार भन्दा बढी नेपाली ३ सय ५० भियतनामी र ६० बंगलादेशी कार्यरत छन् ।