
अभिषेक बच्चन-ऐश्वर्याको पहिलो सन्तान छोरी भएको बलिउड अभिनेता एवं हजुरबा भएका अमिताभ बच्चनले टि्वटरमा लेखेका छन् । अभिषेकले पनि छोरी आइन् भनेर टि्वट गरेका छन् । ऐश्वर्या केही दिनदेखि सेवन हिल्स अस्पतालमा भर्ना भएकी थिइन् ।

नयाँ सन्तानको स्वागतका लागि बच्चन परिवारमा भव्य तयारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । छोरी जन्मिएको खबरपछि अभिषेक-ऐश्वर्या र हजुरबा अमिताभलाई बधाई दिनेको ओइरो लागेको छ ।






