सचिवालयमा सबैभन्दा बढी ४४ जना कर्मचारी, सहयोगी भर्ना गर्ने रेकर्ड राखे।
४९ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर रेकर्ड राखे।
– विमल गौतम
काठमाडौं – ‘मितब्ययी’ प्रधान मन्त्री बाबुराम भट्टराईले चियापानका लागि खर्च गरेको रकममा पनि ऐतिहासिक ‘रेकर्ड’ बनाएका छन्। प्रधानमन्त्री बनेलगत्तै खर्च मितब्ययी बन्ने घोषणा गरेका उनले दुई साताअघिमात्रै चियापानमा २७ लाख रुपियाँ खर्च गरे।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ९ हजार निम्तालु सहभागी रहेको चियापानमा यो रकम खर्च भएको हो। दसैं, तिहार, छठ र इदका अवसरमा उनले यो चियापान आयोजना गरेका थिए।
दुई हप्ताअगाडि गरिएको यो चियापान समारोह उसो त पहिलेका प्रधानमन्त्रीहरुले नै चलाएको चलनको निरन्तरता थियो। यसअघि पनि गिरिजाप्रसाद कोइरालादेखि प्रचण्ड, माधवकुमार नेपालसम्मले चियापान गराएका हुन्। पछिल्ला तीन प्रधानमन्त्रीमध्ये झलनाथ खनाल चियापान गराउने महिनासम्म प्रधानमन्त्री रहन पाएनन्। तीभन्दा अघिका माधवकुमार नेपालले ५ लाख रुपैयाँ र प्रचण्डले चाहिँ ३ लाख रुपैयाँ खर्च गरेका रहेछन्। बाबुराम भट्टराईले भने झण्डै २७ लाख खर्च गरेछन्। आम्मामामा