काठमाडौंको विष्णुगाउँ र भद्रकालीमा एक रोपनी ९ आना २०५३ सालमा १६ लाख रुपैयाँमा खरिद गरेको तथा बैंकबाट ऋण लिई ललितपुर भैंसेपाटीमा दुई रोपनी २ आना, नयाँ बसपार्क नजिक दुई रोपनी ८ आना जग्गा पत्नी शोभाको नाममा रहेको छ।
मन्त्री त्रिपाठीसँग केही सुनका औँठी, सुन करिब एकसय ९४ तोला र चाँदी ३२ केजी पत्नीको दाइजो, छोराछोरीबाट प्राप्त उपहार तथा खरिदबाट सञ्चित रहेको विवरणमा जनाइएको छ।
उनको एभरेष्ट बैंकमा तलब सुविधाबाट प्राप्त करिब ६ लाख रुपैयाँ सञ्चित रहेको छ। विवरणअनुसार पत्नी शोभा त्रिपाठीको नाममा बैंक अफ एसियाको ५० हजार रुपैयाँ र नेपाल दूरसञ्चार संस्थानको १८ लाख ६० हजार रुपैयाँको सेयर रहेको छ। त्यसैगरी पल्लवी त्रिपाठीको नाममा प्राइम बैंकको ३० हजार रुपैयाँको सेयर रहेको छ।
मन्त्री त्रिपाठीले जग्गा तथा गाडी खरिदका लागि प्रुडेन्सीयल इनभेष्टमेण्टबाट दुई करोड ५ लाख, सिद्धार्थ बैंकबाट एक करोड, हिमालय बैंकबाट २० लाख र कृषि विकास बैंकबाट नौ लाख सत्तरी हजार ऋण लिएको उल्लेख छ।
मन्त्री त्रिपाठीका नाममा सुविधा प्राप्त प्राडो जिप एक पत्नी शोभा त्रिपाठीको नाममा वैगन आर एक, छोरी पल्लवीको नाममा हाइलक्स टोयटा एक, होन्डा स्कुटी एक तथा दिनेश त्रिपाठी(दाई) को टेक्टर एक रहेको छ। रासस



