नेपाल प्रहरीमा अझै शाही पाश्र्ववर्ती

४ मंसिर, काठमाण्डौ । राजतन्त्र अन्त्य भएको चार बर्ष बितिसक्दा पनि नेपाल प्रहरीमा शाही पाश्र्ववर्ती राजदरवारको दरबन्दी कामयै छ ।
गृहमन्त्रालयले शुक्रबार निकालेको साढे ४ सय शाही प्रहरी इन्सपेक्टरको सरुवा सूचीमा शाही पाश्र्ववर्ती एक इन्सपेक्टरको पनि सरुवा भएको उल्लेख छ । यसरी सरुवा हुने अनुपशमसेर जबरा पाश्र्ववर्तीबाट केन्द्रीय अनुसन्धान ब्युरोमा पठाइएका छन् । प्रहरी अधिकारी तथा गृहमन्त्रालयको लार्पवाहीका कारण पाश्र्ववर्तीको दरवन्दी कायमै रहेको आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
प्रहरीका दुई एडीसीको दरबनदी समयमै स्थानान्तरण हुन नसक्दा यस्तो भएको प्रहरी अधिकारीको भनाई छ । लोकतन्त्र बहालीसँगै प्रहरीले एडीसीको दरबन्दी मिलाउन गृहमन्त्रालयलाई पत्राचार गरेको भएपनि गृहका कर्मचारीको लार्पवाहीका कारण दरबन्दी कायम रहेको प्रहरी स्रोतको दावी छ । पछिल्लो पटकको सूचीमा समेत शाही पाश्र्ववर्तीको दरबन्दी देखिएपछि त्यसलाई सच्चाउन गृह मन्त्रालयमा लेखि पठाएको प्रहरीले जानकारी दिएको छ ।