शुल्क बृद्धिको विरोध गर्दै चितवन जिल्लाका संपूर्ण निजी उच्च माध्यमिक विद्यालयहरु अनिश्चितकालका लागि बन्द

शुल्क बृद्धिको विरोध गर्दै चितवनमा बिद्यार्थीहरुले आजदेखि जिल्लाका संपूर्ण निजी उच्च माध्यमिक विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तकिारी र अखिल छैठौंले कलेजहरु बन्द गराएका हुन् । बन्दका कारण आज चितवनका कुनै पनि निजी उच्च मा.विहरुमा पठन पाठन हुन सकेन । विद्यार्थी संगठनहरुले बृद्धि गरिएको शुल्क फिर्ता लिनुपर्ने माग राखेका छन् ।

 

निजी उच्च माविहरुको संगठन हिसानले ३२ प्रतिशत शुल्क बृद्धि गरेपछि आन्दोलनमा उत्रनु परेको नेवि संघ चितवनका अध्यक्ष उत्तम जोशीले बताएका छन् । हिसानसंग हिजो भएको वार्ता बिना निष्कर्ष टुंगिएको थियो ।