दोहोरो कर अन्त्यसम्बन्धी प्रावधानमा रहेको अन्योल टुंगिएपछि सम्झौतामा हस्ताक्षर गर्न भारतीय अर्थमन्त्री प्रणव मुखर्जी मंसिर ११ मा काठमाडौं आउँदै

काठमाडौ  – दोहोरो कर अन्त्यसम्बन्धी प्रावधानमा रहेको अन्योल टुंगिएपछि सम्झौतामा हस्ताक्षर गर्न भारतीय अर्थमन्त्री प्रणव मुखर्जी मंसिर ११ मा काठमाडौं आउँदै छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार उनले समकक्षी वर्षमान पुनसँग सम्झौता गरी सोही दिन दिल्ली फर्कने छन् । तीन साताअघि प्रधानमन्त्री बाबुराम भट्टराईको भारत भ्रमणमा दोहोरो करबारे सम्झौतामा हस्ताक्षर हुने भनिएकामा प्रक्रिया टुंगिएको थिएन ।