माओवादी कब्जामा रहेका घरजग्गा तीन चरणमा फिर्ता

– गंगा बीसी

 

काठमाडौं  – माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र एमाले उपाध्यक्ष वामदेव गौतमको आइतबार बर्दिया गएको टोलीले कब्जामा रहेको घरजग्गा तीन चरणमा फिर्ता गर्न सकिने प्रारम्भिक निष्कर्ष निकालेको छ । आइतबार बर्दियामा सर्वदलीय अन्तक्र्रिया गरेपछि जग्गा फिर्ताबारे टोलीले यस्तो निष्कर्ष निकालेको हो ।

पहिलो चरणमा माओवादी पार्टीको कब्जामा रहेका जग्गा, दोस्रोमा सशस्त्र युद्धको बेला कब्जामा रहेका र तेस्रो चरणमा १० वर्षभन्दा बढी समयदेखि बसेका किसानको जग्गा फिर्ता गर्न सकिने बताइएको छ । जग्गा फिर्ता गर्दा जग्गामा बस्दै आएका किसान र धनीबीच छलफल गरी प्रक्रिया अघि बढाइने छ । आइतबार दाहालसँगको अन्तक्र्रियामा माओवादीका बर्दिया जिल्ला नेताहरूले