संघियता बारे सडकमै अन्र्तकि्रया

– कृष्ण खनाल

 

बुटवल ५ मंसिर । संघीयताको बहस सुरु भए यता संघियताको खारेजको माग गर्दे आएको राष्ट्रिय जनमोर्चाले सोमवार बुटवलको मिडिया चोकको सडकमा  संघियतको विकल्पको बारेमा  खुल्ला अन्र्तकि्रया गरेको छ ।

 

संघियता  होईनप्रजातान्त्रीक विकेन्द्रीयता तथा राष्ट्रिय शासनमा आधारीत एकात्मक शासन प्रणाली  विषयक खुल्ला अन्र्तकि्रयामा रुपन्देही जिल्लाका विभिन्न राजनैतिक दलहरुको सहभागीता रहेको थियो । राष्ट्रय जनमोर्चा जिल्ला कार्यसमिती रुपन्देहीद्धारा आयोजना गरिएको  अन्र्तकि्रयमा बोल्दै नेकमा एमाले जिल्ला कमिटी सदस्य नन्दीकिशोर ढकालले संघियता राष्ट्रकोलागि गम्मभीर विषय भएको कारण यो विषय अहिले छलफलको चरणमा भएकोले राष्ट्रिय जनमोर्चाले एकात्मक सासनसको पक्षमा एकात्मक विचारमा अढिग भएको  आरोप लगाएका थिए । उनले  संघियताले मुकुक अराजकतमा जान्छ भन्ने कुरा  भ्रमात्मक भएको  बताएका थिए । अन्र्तकि्रयामा बोल्दै नेपाल कम्युष्ट पार्टि एकिकृतका केन्द्रय सदस्य प्रेम सुवेदीले नेपाल संघियतामा गई सकिसकेको भन्दै कुनै हालतमा पनि एकात्मक राज्य सत्ता प्रणली नर्फकिने दावि गर्दे उनले जुन सुकै प्रणली  लागु भए पनि सासनसत्तामा जनताको पहुच पुर् याउन सकिन्छ या सकिदैन भन्ने कुरा नै प्रमुख भएको बताएका थिए ।

 

उता राष्ट्रिय जनमोर्चाका बरिष्ठ उपाध्यइक्ष तथा संविधान सभाका सभासद् रश्मीराज नेपालीले एकीकृत राज्य व्यवस्था र एकात्मक व्यवस्थालाई एउदै नजरले हेरिएको भन्दै आफ्नो पार्टिले स्थानीय स्वात्त सासनको आधारमा राज्य पुःन सम्रचनको माग गरेको जानकारी दिए । उनले भिन्न विदेशी देशहरुमा संघियताको कारण भएको विखण्डनको उदाहरण दिदै नेपालमा आर्थिकजातीयधर्मको आधारमा देशलाई संघियतामा जानु ठिक नभएको धारण राखे । उनले पछिल्लो समयमा आएर संविधान सभा भित्रै भाडभौलो मच्चीन थल्नु नेपालमा संघियता ठिक छैन भन्नुको उदाहरण भएको भन्दै उनले जनआन्दोलनको मर्म देशलाई टुक्रा टुक्रा बनाउनुका लागी नभएको र जनताप्रति निरकुर राजतान्त्रीक व्यवस्थाको अन्त्य र विकेन्द्रकृत स्थानीय स्वत्तसाशनमा आधारीत  एकात्मक राज्यप्रणाली व्यस्था भएको बताएका बताएका थिए ।

 

राजमो जिल्ला उपाध्यक्ष कृष्ण बंम मल्लको साभपतित्वमा भएको अन्र्तकि्रयामा नेपाली काङग्रेसका सर्वजित के।सी नेकपा मालेका धुब्र जि।सीलगाएतले मन्तव्य राखेका थिए ।