“प्रेमिकाको सम्झना “


– जगत प्रसाद आचार्य

अधिबक्ता, हाल दुबई

 

प्रकितिको सुन्दर फुलझैँ  मैले भेट्दा थिईन उनि

त्यहिँ फुलको सुबास  भई मेरो दिलमा आईन उनि


त्यो सुबास फैलिई रहेछ  आज मेरो सरिर भरि


त्यसले त  उनलाई  भुल्न  गार्हो भयो  जुनी भरि


 


उनको रुपको बर्णन गरि थाक्ने छैन जैले  पनी
उनको यादमा कल्पी कल्पी मर्ने छैन कैले पनी


 उनि पनी बिबस छिन भुल्ने छैनन जैले  पनी


 हाम्रो भेट घाट नभएनी भुल्ने छैनन  कैले पनी


 



उनले दिए बिष पनी अमृत ठानी पिउने थिए

images

उनि संगै जिउन पाए बर्षौ  वर्ष जिउने थिए


उनको बोलि सुन्न पाए गित ठानी सुन्ने  थिए

images

उनको मुस्कान हेर्न पाए फिल्म ठानी हेर्ने थिए


 

images


मैले उनलाई पाउने भए  उनलाई पाउन धाउने थिए


उनको गाथा गाउन  पाए  गित बनाई गाउने थिए


पिउन पाए प्याश लाग्दा पानी ठानी पिउने थिए


नशा लागे उनकै छेउमा लठ भई   झुम्ने  थिए  

Nepal life insurance

 


हिजो आज आउन लागिन सपनीमा उनि


तिनकै यादमा कल्पनामा डुब्दैछु म पनी



नशा दिई जाने गर्छिन मेरो दिलमा तिनी  


बिपनिमा  आउ भन्न सक्दै  सक्दिन म पनी 


 


                   धन्यवाद !!