सर्वोच्चद्धारा माओवादी सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी नदिन आदेश

काठमाडौं – सर्वोच्च अदालतले माओवादी सभासद् बालकृष्ण ढुङ्गेललाई आममाफी नदिन बुधबार अन्तरिम आदेश दिएको छ ।

ढुङ्गेलद्वारा मारिएका उज्जनकुमार श्रेष्ठकी दिदी सावित्रीले दायर गरेको रिटका सुनुवाई गर्दै सर्वोच्चले मुद्दाको टुङ्गो नलागेसम्म आममाफी दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश दिएको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिए ।

‘दुवै पक्षको उक्त मुद्दा हाल सर्वोच्चमा विचाराधिन रहेकाले सर्वश्वसहित जन्मकैदको फैसलालाई आममाफी दिँदा न्यायिक प्रक्रिया अवरुद्ध हुने भएकाले अन्तिम टुंगो नलगोसम्म मन्त्रिपरिषद्को निर्णय हाल कार्यान्वयन नगर्नू,’ न्यायाधीशत्रय कल्याण श्रेष्ठ, सुशीला कार्की र कमलनारायण दाशको इजलासको फैसलामा भनिएको छ ।

श्रेष्ठ हत्याको अभियोगमा सर्वश्वसहित जन्मकैद सुनाइएका सभासद् ढुङ्गेललाई आममाफी दिन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि सावित्री सर्वोच्च गएकी थिइन्