” श्रीमानलाई सुधार्नुस श्रीमतीजी”


– जगत प्रसाद आचार्य

अधिबक्ता, हाल दुबई

 

 हालत भयो है साथी बिग्रेका कामहरु जति सबै श्रीमान  माथी 

 सप्रेका  कामहरु सबै श्रीमतीजीले दिएको  सल्लाहको प्रगति


 त्यसले त भएका  होलान  रामे, श्यामे र बिर्खे रक्सीको साथी 


  तपाई हाम्रो चै नभईदिए हुन्थ्यो तिनीहरुको जस्तो दुर्गती


 


 पिडितहरुको सहारा भनेकै  चुस्की र  हुस्कीको नशा भन्छन


स्वास्नीको रिसले डिस्को र क्यासिनोमा गई पैसा फाल्ने गर्छन


कसैले  जुवा र तासको नशामा दिन रात काट्ने गर्छु  भन्छन


कसैले  प्रेमिकाको आशमा स्वास्नीका गहना साट्ने  गर्छु भन्छन


 

images

यस्तै रहेछ कसैलाई तासको नशा त कसैलाई मातको  नशा


गरिब लाई गास र बासको नशा धनीलाई ऐसको  नशा

images

 यहि ऐसलेनै ल्याउने छ सबैलाई भए भरको ठुलो  दशा


 यस्तो हुनु भनेको परिवारलाई नै  साढे सातको   दशा

images

 


सुधार्नुस श्रीमितिजी रामे, श्यामे र बिर्खेको जस्तो  गति


स्वीकार्नुस श्रीमानले गरेका  अबनती होस् वा उन्नति


त्यसमा छ तपाई लगायत  सम्पूर्ण परिवारको प्रगति 

Nepal life insurance

 सुध्रने छन  चाडै तपाईका श्रीमानका गलत  मति


 


सुधार्ने छन् श्रीमतीले जस्तै खराब  होस्  पति


महिलाहरु  चाहे सीता, लक्ष्मी होस् वा चाहे  द्रौपदी


त्यसले म भन्ने गर्छु विवाद नगर्नुस श्रीमान संग  रति


त्यसपछि हेर्नुस तपाइको श्रीमान दुनियामा अशल पति


 


                              धन्यवाद !!