काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहालले कब्जा जग्गा शुक्रबारदेखि फिर्ता गरिने बताएका छन् । तीन दलको बैठकमा अध्यक्ष दाहालले जग्गा फिर्तामा पनि सकारात्मक विकास भएको उल्लेख गर्दै बर्दियाबाट सुरु हुने बताएका हुन् । बैठकमा सहभागी कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलका अनुसार यसमा कुनै प्रगति नभएको प्रश्न उठेपछि दाहालले जवाफ दिएका थिए ।
जग्गा फिर्ताका लागि दुई दिनअघि अध्यक्ष दाहाल, एमाले उपाध्यक्ष वामदेव गौतम र कांग्रेस महामन्त्री कृष्ण सिटौला बर्दिया गएका थिए । वैद्य पक्षको विरोधका कारण फिर्ता प्रक्रिया सुरु गर्न भने सकेका थिएनन् ।



