काठमाडौं, ९ मंसिर आज नोभेम्बर २५, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन । ूघर शान्ति नै विश्व शान्तिको आधारू भन्ने नाराका साथ १६ दिन लैंगिक हिंसा विरुद्धको अभियान सुरु भएको छ । अभियानको सुरुवात भएको अवसरमा महिला समानता तथा लैङ्गिक हकअधिकारको बारेमा काम गर्ने सरकारी एवम् गैरसरकारी संघसंस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् ।
सन् १९६० को नोभेम्बर २५ का दिन डोमिनिकन रिपब्लिकका तानाशाह राफेल लिओनिदास त्रुजिलो मोलिनाले आफूविरुद्ध आन्दोलन गरेको भन्दै मिराबल दिदी बहिनी प्याट्रिया मर्सिडिस, मारिया अजेन्टिना मिनेरभा र एन्टोनिया मारिया टेरेसा मिराबलको हत्या गरेका थिए । यिनै ३ दिदीबहिनीको हत्या भएको दिनलाई महिला हिंसाविरुद्धको दिनको स्मरण गर्दै अधिकारकर्मीहरुले विश्वव्यापी दिवस मनाएको र सन् १९९१ देखि संयुक्त राष्ट्र संघले पनि मान्यता दिएपछि यो अभियान अझ विश्वव्यापी बनेको हो ।
नेपालमा पनि करिब १० वर्ष अघिदेखि महिला हिंसाविरुद्वको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । यसवर्ष नेपालमा पनि ूघर शान्ति नै विश्व शान्तिको आधारू भन्ने विश्वव्यापी नारालाई नै मानेर सरकारी, गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गर्ने तयारी भइरहेको अधिकारकर्मी तथा ओरेककी संस्थापक अध्यक्ष डा। रेणु राजभण्डारीले ओएनएसलाई जानकारी दिइन् । राजधानी काठमाडौं लगायत गाउँ, जिल्ला, क्षेत्र तहमा पनि लैङ्गिक समानतासम्बन्धि जनचेतनामुलक कार्यक्रमको आयोजना भइरहेका छन् ।
यसैबीच आर्थिक वर्ष २०६८र६९ को कात्तिक महिनासम्ममा १ सय १३ ओटा महिला हिंसाका घटनाबारे जानकारी भएको राष्ट्रिय महिला आयोगले जनाएको छ । यद्यपी आयोगको कार्यालयमा भने १ सय ७ ओटा महिलाहिंसाका घटना दर्ता भएको आयोगकी सदस्य मोहना अन्सारीले बताउनुभयो । दर्ता भएका मध्ये घरेलु हिंसाका ५५, महिला हिंसाका ४२, शारीरिक हिंसाका ३६ र मानसिक हिंसाका २८ ओटा उजरी छन् ।