काठमाडौ – संविधानसभाको म्याद थप्ने तयारी गरिएको बिरोधमा विभिन्न ७ वटा संघसंगठनले पश्चिम तराईमा आव्हान गरेको अनिश्चितकालिन बन्द शनिबारबाट फिर्ता लिएको छ । बन्दको विकल्पमा अन्य दवाब मुलक कार्यक्रम गर्ने भएका छन् ।
बन्दका कारण पश्चिममा जनजीवन प्रभावित भएपछि नागरिक समाज,उद्योग वाणिज्य संघ लगायतले बन्द फिर्ता लिन आग्रह गरेको थियो । अब धर्ना, संविधनसभा घेराउ जस्ता अन्य बिरोधका कार्यक्रमहरु गर्ने थरुहट पार्टीका काठमाडौं जिल्ला सचिव मिनराज चौधरीले बताए । गत बुधबार देखि जारी बन्दका कारण पश्चिम तराईमा जनजीवन प्रभावित बनेको थियो ।



