राजधानी काठमाडौ मा सडक विस्तार अभियान जारी

राजधानी काठमाडौमा सडक विस्तार अभियान जारी छ । सडक साघुरा भई ट्राफिक जाम बढ्न थालेपछि काठमाडौ महानगरपालिका, ललितपुर उपमहानगरपालिका र ट्राफिक प्रहरीले सहकार्य गरी सडक विस्तार अभियान थालेका थिए । आज काठमाडौको माइतिघर क्षेत्रको सडक थप फराकिलो पारियो ।

 

सडक विस्तारका क्रममा माईतीघरमा मोटरसाइकल खरीद बिक्री केन्द्र रहेको घर र होम मेकरको प्रदर्शनी कक्षको पेटी समेत भत्काईयो । अभियानको पहिलो चरणमा ललितपुरको कुपन्डोल र सातदोबाटो क्षेत्रको सडक फराकिलो पारिएको थियो । त्यसैगरी चक्रपथ क्षेत्रमा पनि सडक विस्तार अभियान जारी छ ।

 

सडक विस्तार अभियानमा फुटपाथ समेत मासेर निमार्ण पुरा नगरी अलपत्र छाडिदा सवारी आवागमन ब्यवस्थित बन्न सकेको छैन ।