निगममा अनियमितता गर्नेलाई कारबाही भएन

काठमाडौ, मंसिर ११ नेपाल वायु सेवा निगममा पछिल्लो ६ महिनायता भएका ठूला अनियमिततामा संलग्नहरूलाई कारबाही हुन सकेको छैन । जेठयता मात्रै करिब १४ करोड रुपैयाँको नोक्सान हुने गरी ठूला ४ घटना भएका छन् ।
व्यवस्थापनले छानबिन भइरहेको जानकारी दिए पनि केही मुद्दामा सबै प्रक्रिया पूरा भएर पनि कारबाही अघि बढ्न नसकेको निगम स्रोतले बतायो । ुकारबाही गर्न खोज्दा शक्ति चलखेलका कारण कुनै काम हुन सकेको छैन,ु स्रोतले भन्यो ।
फ्लाई अवे किट हराउनेदेखि पांग्रा चोरिनु, ल्यान्डिङ गियर हराउनु, नक्कली नियुक्ति प्रकरण आदि घटनाले निगमको साखलाई थप गिराएको छ । ुयसको मुख्य कारण व्यवस्थापनले आवश्यक कारबाही गर्न नसक्नु नै हो,ु पूर्वअध्यक्ष बीकेमान सिंहले भने, ुयसअघि निगमको घाटा राजनीतिक हस्तक्षेपका कारण भएका हुन् । तर जहाजकै सामान हराउने, चोरिने घटना कहिल्यै भएका थिएनन् ।ु
व्यवस्थापनले सन्तुलित जाँच र लगत व्यवस्थापन प्रभावकारी रूपमा गरे यस्ता समस्या नआउने श्रेष्ठको भनाइ छ । कर्मचारीहरू भने अझै कार्यकारी विवादको प्रभाव निगमभित्र कायम भएकाले यस्ता घटना भइरहेको बताउँछन् । ुकेही समूहले यो व्यवस्थापन खत्तम छ, यसलाई असफल बनाउनुपर्छ भन्नेतर्फ योजनाबद्ध तरिका अपनाइरहेका छन्,ु निगमका एक पूर्वकर्मचारीले भने, ुनिगमलाई प्रगतितर्फ लान पहिले सबैले आफ्नो नकारात्मक ढंगलाई नै परिवर्तन गर्नुपर्छ ।ु
अहिले व्यवस्थापकीय विवादबाट बिस्तारै निगम बाहिर आइरहेको देखिए पनि पूर्व महाप्रबन्धक कुलबहादुर लिम्बूले व्यवस्थापनविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन् । अझै पनि आफ्नो पदका लागि दौडधुप गरिरहेका लिम्बूका पक्षमा रहेका केहीले बदमासीपूर्ण काम गरिरहेको निगमका एक उच्च अधिकारी बताउँछन् ।
यस्ता घटना कम गर्न निगमले आधुनिक प्रविधिलाई आत्मसात् गर्नुपर्ने सुझाव पूर्वअध्यक्ष श्रेष्ठको सुझाव छ । ुसीसीटीभी लगायत धेरै प्रविधि छन्, जसले यस्ता घटना हुनबाट रोक्न सक्छन् भने भइहाले जिम्मेवार व्यक्तिलाई सजिलै पक्रन सकिन्छ,ु उनले भने ुयसतर्फ ध्यान दिइएको छैन ।ु
निगममा भएका घटनाका दोषीलाई कागजपत्र हेरेर पनि पक्रन सकिने सभासद् रवीन्द्र अधिकारी बताउँछन् । तर कागजमा गरेको हस्ताक्षरका कारण मात्र व्यक्तिलाई कारबाही गर्न गाह्रो हुने निगम प्रवक्ता राजु केसीको भनाइ छ । ुमुद्दा चलाएर निलम्बन गरिए पनि मुख्य व्यक्तिहरू कारबाहीको दायरामा आएका छैनन्,ु उनले भने, ुठोस प्रमाण अभावमा यस्तो भएको हो । प्रमाण भेटिए त्यस्तालाई कारबाही गर्न १ मिनेट पनि ढिलाइ गरिने थिएन ।ु
पर्यटकको संख्या बढ्दै जाँदा निगमको हिस्सा साँघुरिँदै जानुमा निगमकै कर्मचारी र यहाँको कर्मचारीतन्त्र दोषी भएको विज्ञहरूको भनाइ छ । व्यवस्थापकीय कमजोरी र कर्मचारीको गलत क्रियाकलापलाई नियन्त्रण गर्ने अन्तिम अधिकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई छ । आपmनै विमान कम्पनी भएकाले सरकार पनि आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने हवाई विज्ञहरू बताउँछन् ।
ुयहाँ मन्त्रालयले पनि निगमलाई सबल बनाउन कुनै योजना नै बनाएको छैन,ु मन्त्रालयकै एक अधिकारीले भने, ुनिगमका कर्मचारी जहाजको जे भेटियो, त्यही चोरेर बेच्न
थालेका छन् । नेताहरू यस विषयलाई भाषणमा मात्र प्राथमिकतामा राख्छन् ।ु
फ्लाई अवे किट सम्बन्धमा केहीलाई निलम्बन गरिए पनि ती पुनः कार्यालय जान थालेका छन् । नक्कली नियुक्ति प्रकरणमा पनि केही समय छानबिनमा व्यस्त प्रहरीदेखि निगम व्यवस्थापन अहिले निष्त्रिmय जस्तै छन् । त्यस्तै ल्यान्डिङ गियरमा निगमका कर्मचारीदेखि भन्सारका अधिकारी पनि दोषी भएको व्यवस्थापन र मन्त्रालय दुवैलाई थाहा भएको एक अधिकारी बताउँछन् । कारबाही कसरी अगाडि बढाउने भन्नेतर्फ कसैले पहल गरेको छैन । ुकमिटी बनाएर छानबिन गरेर मात्र फाइदा देखेनौं,ु मन्त्रालयका सहसचिव रञ्जनकृष्ण अर्यालले भने, ुदोषीको खोजी भइरहेकै छ ।ु
गत वर्ष निगमको नाफा १० करोड रुपैयाँ देखिए पनि यो जहाज चलाएर भएको भने होइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन (ग्राउन्ड ह्यान्डिलिङ० बाट आउने आम्दानीले मात्रै नाफा देखिएको निगम स्रोतले बतायो । आन्तरिक उडानतर्फ निगमलाई वाषिर्क करिब १७ करोड रुपैयाँ घाटा छ ।
ुहामी चुप लागेर बसेका छैनौं,ु कार्यकारी अध्यक्ष मनरूप शाही भन्छन् । त्यसो भए काम गरेको अनुभूति किन कसैले पाउन सकेका छैनन् त रु ुछिट्टै यस्ता घटनाका दोषीलाई कारबाही भएपछि सबैले हाम्रो कामबारे थाहा पाउनेछन्,ु उनले भने ।