– कृष्ण खनाल
बुटवल ११ मंसिर । स्याङ्जा उच्च मा.वि. वालिङ्ग स्याङ्जामा कक्षा -१२ मा अध्यायनरत किशोर जि.टी. बिहिबार बुटवलको बुटवल कृषि उपज थोक बजार केन्द्रमा भेटिए । उनी स्याङ्जाबाट करिव आधा दिनको यात्रा पछि बुटवलमा त्यतिकै आएका भने अवश्य होईन्न । आफ्नो घर वरिपरीको कान्ला वरिपरी तथा छिमेकीहरु का जग्गामा फलेका सुन्तला संकलन गरेर विकि्रका लागि उनी बुटवलको उपज केन्द्र सम्म धाउने गरेका छन् ।
सुन्तलाको मौसम सुरुभए यता उनी हप्ताको २,३ पटक बुटवलमा झर्ने गरेका छन । स्थानीय स्तरमा सुन्तलाको माग तथा मुल्य न्युन हुने भएको कारण बुटवल सम्म झर्ने गरेको बताए । सुन्तलाको व्यपारमा उनलाई पछिल्लो समयमा पढाई भन्दा पनि सुन्तलाको व्यापरको चटारो छ । उनि विद्यालयनै छाडेर सुन्तलाको व्यापारमा लागेका छन ।
बुटवलमा आउदा एक पटकमा करिव १९ देखी २५ डोका सम्म सुन्तला ल्याउने गरेका उनले पढाई नै छाडेर व्यापारमा लाग्नु परेको कारण बारे प्रष्ट पार्दै भने – यो समय भनेको राम्रो आम्दानी हुने समय हो आफ्नो घर वरपर फलेको सुन्तलाको खपत पनि हुने आम्दानी पनि राम्रो हुने भएकालॆ यसमा लागेको हुँ । उनले अहिले स्याङ्जाका विद्यालय देखी क्याम्पस तह सम्मका केहि विद्यार्थीहरु आफु जस्तै सुन्तलाको व्यापारमा लागेको समेत जानकारी दिए । होलसेलमा सुन्तला प्रतिकेजी गुणस्तर र आकार हेरेर करिव १५ रुपैया देखी २५ रुपैया प्रतिकेजीमा विकि्र गर्ने गरेको उनको भनाई छ । उनी संगै खले गाँउ विकास समिती वार्डनः ६ अर्जुन चौपारीका अमर थापा पनि सुन्तलाको व्यापारका लागि अभिभावक संग उपज केन्द्रमा भेटिए । अर्जुन माध्यमिक विद्यालय कक्षा -७ मा अध्यान गर्दे गरेका उनी पनि किशोर जस्तै विद्यालय जानुको सट्टा सुन्तलाको व्यापारका लागी बुटवल झरेको बताए ।
सातामा दुई पटक सम्म बुटवलमा सुन्तला लिएर झर्ने उनीले घरमै उत्पादन भएको सुन्तलाको व्यापार राम्रो हुने भएको कारण सुन्तलाको मौसममा आफ्ना बुवा संगै आएको बताए । उनले भने- यो समय भनेको केहि रुपैया कमाउने सिजन हो सुन्तला बेचेर आएको आम्दानीले घर परिवार चलाउने गरेको कारण बुवा संगै यहा आएको हुँ । एक पटकमा करिव १५ देखी २० डोका सुन्तला ल्याउने गरेको उनको भनाई छ ।