अख्तियारद्धारा सिंचाई मन्त्री महेन्द्र यादवलाई मन्त्रालय स्तरका सबै कार्यक्रम तीन दिन भित्र स्वीकृत गर्न निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंचाई मन्त्री महेन्द्र यादवलाई मन्त्रालय स्तरका सबै कार्यक्रम तीन दिन भित्र स्वीकृत गर्न निर्देशन दिएको छ । सिंचाई मन्त्री यादवले कार्यक्रम स्वीकृत गरेवापत एक प्रतिशत रकम मागेको समाचार बाहिर आएपछि आज अख्तियारले तीन दिनभित्र संपूर्ण कार्यक्रम स्वीकृत गरेर आयोगमा जानकारी पठाउन निर्देशन दिएको हो ।


तीन दिनभित्र पनि कार्यक्रम स्वीकृत नगरे सिंचाई मन्त्री र सचिव विरुद्ध कारबाही प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पनि निर्देशन दिएको छ । ठेक्काको म्याद गुज्रिंदा समेत एक प्रतिशत रकम अग्रीम नदिंदा सिंचाइ मन्त्रालय अन्तरगतका विभिन्नका कार्यक्रम स्वीकृत हुन नसकेको समाचार प्रकाशित भएपछि अख्तियारले चासो देखाएको हो ।