अमेरिकी विकास नियोग (युएसएड) ले स्वास्थ्यसम्बन्धी पाँच बर्षे नयाँ कार्यक्रम, साथ साथ परियोजना शुरु गरेको छ । विश्व एड्स दिवसको अवसर पारेर आज राजधानीमा कार्यक्रम गरी पञ्च बर्षिय योजनाबारे जानकारी गराइएको हो ।
योजना अन्र्तगत नेपालका ३३ वटा जिल्लामा एचआईभी रोकथाम, उपचार तथा हेरचाह र परिवार नियोजनका सेवाहरु उपलब्ध गराइनेछ ।
सन् २०१६ सम्म साथ साथ परियोजनाले १९ हजार एकदमै जोखिममा रहेका व्यक्तिहरुको यौनरोगको उपचार, दश हजार एचआइभी एड्स भएका व्यक्तिहरुलाई हेरचाह तथा पुर्नस्थापनामा सहयोग र महिला यौनकर्मीहरुमा एचआइभीको नयाँ संक्रमणको खतरा कम गर्न काम गर्नेछ ।