उपत्यकामै बर्ड फ्लु

काठमाडौं, मङ्सिर १३ सरकारले नेपाललाई ुबर्ड फ्लुमुक्त राष्ट्रु घोषणा गरेको पाँच महिना नबित्दै उपत्यकामै बर्ड फ्लु ९एच ५एन१० भेटिएको छ। भक्तपुर र काठमाडौंको सिमानामा पर्ने जडिबुटी क्षेत्रको सुकुम्बासी बस्तीका घरपालुवा कुखुरामा बर्ड फ्लु भेटिएको कृषि विभाग उच्च स्रोतले पुष्टि गरेको छ। घरमा पालिएका अधिकांश कुखुरा एकैपटक मरेपछि स्थानीय बासिन्दाले जिल्ला पशु कार्यालय भक्तपुरलाई खबर गरेका थिए। लगत्तै मरेका कुखुराको नमूना संकलन गरी टेकुको प्रयोगशालामा परीक्षण गर्दा एच५ पत्ता लागेको स्रोतले बतायो।
नेपालको प्रयोगशालामा एच५ मात्रै परीक्षण गर्न सकिने भए पनि लक्षणका आधारमा बर्ड फ्लुको निष्कर्षसहित पशु स्वास्थ्य अधिकारीले गोप्य रूपमा उक्त क्षेत्रमा निगरानी बढाएका छन्।
पशु स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शिवबहादुर केसीले उक्त क्षेत्रमा एकैपटक धेरै कुखुरा मरेपछि नमूना परीक्षण थालेको बताए। उनले मरेका कुखुरामा बर्ड फ्लुजस्तै लक्षण देखिएको भन्दै नमूना परीक्षणको रिपोर्ट आएपछि मन्त्रिपरिषद्ले मात्रै बर्ड फ्लुग्रस्त क्षेत्र घोषणा गर्न सक्ने जानकारी दिए। कृषि मन्त्रालयका प्रवक्ता हरि दाहालले भने आधिकारिक जानकारी नभएको बताए।
यसअघि झापा लगायत केही ठाउँमा बर्ड फ्लु भेटिए पनि काठमाडौं उपत्यकामै फेला परेको पहिलोपटक हो। सरकारले गत असार २९ गते नेपाललाई बर्ड फ्लुमुक्त राष्ट्र घोषणा गरेको थियो।
बर्ड फ्लु रोग नियन्त्रण आदेश २०६४ अनुसार जीवाणु देखिएको १० किलोमिटर वरपरको क्षेत्रलाई निगरानीमा राखिन्छ भने तीन किलोमिटर वरपरको क्षेत्रलाई संकटग्रस्त घोषणा गरिन्छ। संकटग्रस्त क्षेत्रको तीन किलोमिटर परिधिमा रहेका कुखुरा, हाँसलगायत पंक्षी र तीनका अन्डा एवं दाना मंगलबारै नष्ट गर्ने कार्यक्रम रहेको कृषि विभाग स्रोतले बतायो। यसका लागि कुखुरा मार्न ुर्‍यापिड रेस्पोन्स टिमु लाई तयारी अवस्थामा राखिएको छ।
स्रोतका अनुसार कृषि मन्त्रालयका उच्च अधिकारीको आइतबार साँझ र सोमबार बिहान बसेको गोप्य बैठकमा सबै कुखुरा तथा पंक्षी मारेर उक्त क्षेत्रलाई निर्मलीकरण गरेपछि मात्र यो खबर सार्वजनिक गर्ने सहमति भएको थियो।
नेपालमा पुष्टि भए पनि त्यही नमूना बेलायत पठाउने गरिन्छ। बेलायतबाट रिपोर्ट आएरनआएको बारे सरकारी अधिकारीले पुष्टि गर्न चाहेनन्।
नेपालमा पहिलोपटक सन् २००९ मा बर्ड फ्लु भेटिएपछि १० हजारभन्दा बढी कुखुरा तथा हाँस मारिएका थिए। त्यसपछि अधिकांश क्वारेन्टाइनमा बलियो परीक्षण संयन्त्र बनाएको भन्दै सरकारी अधिकारीहरूले सहजै नेपालमा बर्ड फ्लु भित्रन नसक्ने दाबी गरेका थिए।
बर्ड फ्लुका कारण मारिएका कुखुराका धनीलाई राज्यले क्षतिपूर्ति दिने व्यवस्था छ। लेयर्स जातका कुखुराका निम्ति प्रतिकुखुरा ५ सय रुपैयाँ, ब्वालर्समा २ सय ५० र अन्य जातका लाई १ सय रुपैयाँ क्षतिपूर्ति दिने नियन्त्रण आदेशमा उल्लेख छ। मासुको प्रतिकिलो ५० र दानाको ५ रुपैयाँ तथा अन्डाको ५० पैसा क्षतिपूर्ति दिने व्यवस्था छ।
बर्ड फ्लु भनेको एभियन इन्फ्लुयन्जा टाइप ए अर्थात् एच५एन१ नामक सूक्ष्म भाइरसका कारण लाग्ने प्राणघातक रोग हो। यो पंक्षी रूघा हो। यस प्रकारका भाइरसले अतिछिट्टै आफ्नो वंशाणुगत स्वरूपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ। यस क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमका हानिकारक जीवाणु जन्मन्छ, जुन पशुबाट मानिसमा सर्छ।
सन् १९९९७ मा हङकङमा यो रोग पंक्षीबाट मानिसमा सरेको प्रमाणित भएको थियो। यो रोग युरोप हुँदै विश्वव्यापी बनेको छ।
यसरी सर्छ 
बर्ड फ्लु संक्रमित पंक्षीहरूको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्छ। संक्रमित चराले दस दिनसम्म रोग सार्न सक्ने हुँदा चराहरू मारेर सुरक्षित ढंगले गाडिन्छ। रोगी चराको मासु, अन्डा, सुलीलगायत बाहिर निस्किने पदार्थबाट रोग सर्छ। मासु चालाउँदा वा खोरमा काम गर्दा पनि रोग सर्छ। बसाइ सर्ने चराको शरीरमा बर्ड फ्लुका जीवाणु सुरक्षित रहन्छन्। फिरन्ते चराको सम्पर्कबाट स्थानीय चरामा बर्ड फ्लु सर्छ। बर्ड फ्लुका भाइरस एउटा मानिसबाट अर्कोमा सरेको तथ्य हालसम्म भेटिएको छैन।
बर्ड फ्लुका लक्षण
बर्ड फ्लु संक्रमित चराहरू दस दिनपछि मर्न थाल्छन्। यस्ता चराको सम्पर्कमा आएका मानिसमा सुरूमा ज्वरो आउने, टाउको दुख्ने, रूघा लागेजस्तो हुने तर नाकबाट सिगान नबग्ने र सास फेर्न गाह्रो हुने लक्षण देखिन्छ।
बर्ड फ्लुबाट कसरी बच्ने
( रोगग्रस्त पंक्षीबाट जोगिनु नै उत्तम उपाय हो। 
( कुखुरा लगायत पंक्षीको सम्पर्कमा आउँदा सावधानी अपनाउने
( घरपालुवा पशुमा लक्षण देखिए तुरुन्त पशु स्वास्थ्य कार्यलयमा खबर गर्ने 
( कुखुरा लगायत पंक्षीहरूको खोरमा काम गर्दा माक्स र पञ्चा लगाउने
( संक्रमित कुखुरका अन्डा र मासु नखाने, दाना र सुली नछुने