संविधानसभाका सम्बन्धमा सर्वोच्चले गरेको फैसलाले अदालतको कार्यक्षेत्र नाघेको एमालेको ठहर

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलले संविधानसभाका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाले अदालतको कार्यक्षेत्र नाघेको ठहर गरेको छ । दलको मंगलबार बसेको बैठकले उक्त ठहर गरेको हो ।

सो दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सर्वोच्चले उक्त ठहर गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक भीम आचार्यले जानकारी दिए ।

बैठकमा अधिकांश सभासद्ले सर्वोच्च अदालतले यही मङ्सिर ९ गते गरेको फैसला संवैधानिक नभई राजनीतिक भएको धारणा राखेको उनको भनाई थियो ।

सर्वोच्च अदालतले केही दिन अघि संविधानसभाको अवधि अन्तिम पटक थप्न भन्दै त्यस अवधीमा पनि संविधान नबनेमा जनमतसंग्रह, संविधानसभाको नयाँ निर्वाचन वा अन्य कुनै प्रकृया अपनाउन भनेको थियो ।

‘जनताकै अधिकारका ठाउँमा बसेर अदालतले फैसला गर्ने होइन, संविधान संशोधनको निर्णय व्यवस्थापिका