युवावर्गको समस्या समाधान नगरिए सम्म मुलुकका स्थायी शान्ति हुन नसक्नेमा युवा विद्यार्थीहरुको जोड

कृष्ण खनाल

 

बुटवल १४ मंसिर – युवावर्गको समस्या समाधान नगरिए सम्म मुलुकका स्थायी शान्ति हुन नसक्ने युवा विद्यार्थीहरुले वताएका छन ।

 

 मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान काहुरास्ट नेपाल  रुपन्देहीले वुधवार वुटवलमा युवा विद्यार्थीहरुको सहभागितामा आयोजना गरेको द्धन्द न्युनिकरण र शान्तिका लागी युवा वर्गको भुमिका विषयक अन्तरकृया कार्यक्रममा युवा विद्यार्थीहरुले युवाको समस्या समाधान नभए सम्म द्धन्द भईरहने र शान्ति स्थापनामा प्रतिकुल अवस्था श्रजना हुनेमा जोड दिए । अवसर पाएमा युवाहरुले जस्तो सुकै कठिन काम पनि गर्न सक्ने वताउद उनिहरुले देश भित्रै रोजगाररीको व्यवस्था नहुदा  शैक्षिक वेरोजगारी समस्या वढ्दै  गएको वताए । 

 

अभियानका अध्यक्ष नेत्र वहादुर पाण्डेको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा युवा विद्यार्थीहरु मनोज पोख्रेल कृष्ण प्रसाद कडेल युवराज भुसाल महेश भट्टराई लगायतले साझा समस्या तथा साझा मुद्धामा  सवै युवावर्ग एकजुट हुनुपर्ने वताए ।

 

युवाहरु मुलुक निर्माणको संवाहक भएपनि राज्यले सही रुपमा प्रयोग गर्न नसकेको उनिहरुको भनाई थियो । आधारभुत आवश्यकतालाई राज्यले दृष्टीगत नभएकाले नै विगतमा द्धन्दको अवस्था श्रजना भएको वताउदै उनिहरुले गाँस वास कपास शिक्षा स्वास्थ्य रोजगारको ग्यारेन्टी गर्नु पर्ने उनिहरुले वताए ।