
काठमाडौं उपत्यकामा पहिलो पटक वर्डफ्लूको संक्रमण भएको पाइए पनि आत्तिईहाल्नु पर्ने अवस्था नरहेको विज्ञहरुले बताएका छन् । वर्डफ्लू संक्रमित पंक्षीहरु नष्ट गरिसकेकाले संक्रमण फैलने खतरा नरहेको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ । यद्यपी आफ्नो टोलछिमेकमा देखिने पंक्षीजन्य रोगहरुप्रति भने सचेत रहनुपर्ने विज्ञहरुको सुझाव छ ।




