एमालेद्वारा सरकारी साधन स्रोतको व्यापक दुरुपयोग भएको ठहर/गल्ती गर्ने लाई नछोड्ने युवा संघ अध्यक्ष बस्नेतको भनाइ

एमालेले युवा स्वरोजगार कोषको साधन स्रोत सरकारले ब्यापक रुपमा दुरुपयोग गरेको आरोप लगाएको छ । एमाले स्थायी समितिको बिहीबारको बैठकले सरकार कामकारवाही प्रति तिब्र असन्तुष्टी जनाउदै बिहीबार भातृसंगठन युवासंघका कार्यकर्तामाथि भएको आक्रमणको घटनाको निन्दा गरेको छ ।

स्थायी समिति बैठकले विभिन्न दातृ निकाय तथा संस्था र वित्तिय संस्थाहरु समेतको आर्थिक सहभागितमा स्थापित भएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको रकम माओवादी नेता तथा कार्यकर्ताहरुलाई पालन पोषणा गर्न वितरण भैरहेको उल्लेख गरेको छ ।


सम्बद्ध नियम र निर्देशिका विपरित कागजी संस्था र सहकारीका नाममा जथाभावी रुपमा उक्त कोषको दुरुपयोग गरिएको एमालेको ठहर छ । यही बिषयमा ध्यानकर्षणका लागि ज्ञापन पत्र बुझाउन गएका संघका कार्यकर्तालाई  बिहीबार प्रहरीले हस्तक्षेप गरेको थियो । संघका अध्यक्ष महेश बस्नेत लगायतका झण्डै डेढ दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर छाडिएको थियो ।