– कृष्ण खनाल
बुटवल १६ मंसिर । अखिल क्रान्तीकारी जिल्ला रुपन्देहीमा देखिएको विवाद समाधानको लागि भन्दै शिद्धार्थ गौतम बुद्ध क्याम्पस एकाईले जिल्ला अध्यक्ष उपाध्यक्षसचिव तथा सहसचिव लगाएतका पधाधिकारीहरुलाई ३ घण्टा कक्षा कोठामा थुनेपछि पार्टिको निणर्य स्वीकार्ने सहमति पछि नियन्त्रण मुक्त गरेको छ ।
अखिल क्रान्तीकारी जिल्ला अध्यक्ष राम चन्द्र पन्थी,उपाध्यक्ष प्रकाश अधिकारी सचिव विष्णु पोखरेल सहचिव मन कुमार कनौजे र जिल्ला ईन्चार्ज सुर्य प्रसाद न्यौपाने सहितको टोलीलाई नियन्त्रणमा लिएका थिए ।
शिद्धार्थ गौतम बुद्ध क्याम्पस मुल एकाई समिती अध्यक्ष गोकर्ण टण्डन द्धारा जारि विज्ञप्तीमा सवैले पार्टि निणर्य निसर्त स्वीकार गर्ने प्रतिबद्धता जारी गरेपछी नियन्त्रण मुक्त गरिएको जनाइएको छ ।