पर्यटन वर्ष २०११ राष्ट्रिय अभियानले लक्षित सफलता हासिल गर्न नसकेपनि सरकारले पुन अर्को अभियानको घोषणा

पर्यटन वर्ष २०११ राष्ट्रिय अभियानले लक्षित सफलता हासिल गर्न नसकेपनि सरकारले पुन अर्को अभियानको घोषणा गरेको छ ।

 

सरकारले विहीबार लुम्बिनी भ्रमण वर्ष २०१२ को घोषणा गरेको हो । बिहिबार लुम्बिनीको केन्द्रिय नहरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्राईले बेलुन उडाएर लुम्बिनी भ्रमण वर्षको औपचारीक घोषणा गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री भट्टराईले लुम्बिनीलाई बिश्वको पबित्र तिर्थस्थलको रुपमा विकाश गर्ने बताउनुभयो ।

 

प्रधानमन्त्री भट्टराईले बुद्धको विचारलाई अनुसरण गर्दै गरिबी र उत्पीडन हटाउने दाबी गर्नुभयो । लुम्बिनीमा बृहत बिकाशको लहर ल्याईने उद्घोष गर्दै उहाँले लुम्बिनी सहित कपिलबस्तु, रामग्राम, परासी र देबदहको एकिकृत बिकाश गर्ने योजना सुनाउनुभयो ।

पर्यटन मन्त्री लोकेन्द्र बिष्टले अबको दश बर्षलाई पर्यटन दशकका रुपमा मनाईने भन्दै नेपाल भरी पर्यटनको लहर ल्याई ५० लाख पर्यटक भित्रयाउने बताउनभयो । कार्यक्रममा बन मन्त्री मोहम्मद वकिल मुसलमानले स्थानियको सहभागिता बिना लुम्बिनी भ्रमण बर्ष कार्यक्रम सफल नहुने बताउनुभयो । लुम्बिनी बिकाश कोषका अध्यक्ष तथा संस्कृति मन्त्री गोपाल किरांतीले भ्रमण बर्षको कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

 

यस अघि प्रधानमन्त्री भटराईले केन्द्रिय नहरमा बोधि बृक्षरोपण गर्नुका साथै मायादेबी मन्दीरको अवलोकन गर्नु भएको थियो ।