उदयपुर, मङ्सिर १६( मौसम परिवर्तनसँगै एक्कासि चिसो बढ्न थालेपछि जिल्लाको पहाडी भेगका धेरै विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थालेको छ। पहाडी गाविस नामेटार, जाँते, ठानागाउँ, रौता, पोखरी, इनामे र ओख्लेलगायत् गाविसका दुई दर्जनभन्दा बढी विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेको बासबोटे माविका प्रधानाध्यापक महेशकुमार राईले बताए।
त्यस्तै बाँसबोटे, बाराहा, आँपटार, हर्देनी, लिम्पाटार गाविसका विद्यालयमा पनि कक्षा ५ देखि मुनिका ८० प्रतिशत विद्यार्थी जाडोको कारण विद्यालय आउन छाडेको शिक्षकले जनाएका छन्। एक सातायता पहाडी भेगमा चिसो अत्याधिक बढेको जाँते उमाविका संयोजक पुष्पकुमार राईले बताए। उनका अनुसार त्यहाँको तापक्रम अहिले १५ डिग्री सेल्सियसभन्दा कम छ। चिसो अत्याधिक बढेपछि स्कुल पढ्ने साना उमेरका विद्यार्थी सङ्ख्या ह्वात्तै घटेको छ।
अर्को विद्यालय पञ्चकन्न्या निमावि जाँते ९ का प्रअ झिल्लीप्रसाद कोइरालाले भने( खपिनसक्नु चिसो बढेकाले स(साना बालबालिका स्कुल आउन छाडेका छन्। कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको भने स्कुल आउन कमी नआएको अर्का शिक्षक लक्ष्मीप्रसाद घिमिरेले बताए।
पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लामा जस्तो जाडो याममा तातो ठाउँमा ल्याएर पठनपाठन गराउने व्यवस्था नभएकाले उदयपुरका विद्यार्थी हिउँद याममा पढाई माया मार्न बाध्य हुनुपरेको शिक्षकले बताएका छन्। उदयपुरमा चिसो याममा पढाउने विकल्प नभएको शिक्षा कार्यालयले जनाएको छ। ुहामीकहाँ मुस्ताङ, मनाङमा जस्तो जाडो छलेर पठनपाठन गर्ने व्यवस्था नै छैनु, शिक्षा कार्यालयका विद्यालय निरीक्षक समर राईले भने( त्यसैले जाडो गर्मी जे भए पनि स्कुलमा हाजिर नभएका विद्यार्थी पढाई छाड्न बाध्य हुनुपर्छ।
जिल्लाको रौता गाविसको रौता पोखरी आसपासका तीनवटा विद्यालय चिसोले प्रभावित भएका छन्। पोखरीका तीनवटा विद्यालय पनि चिसोले प्रभावित भएको जनाइएको छ। पोखरीका प्रावि मालबासे र सल्ले उमावि जाडोले प्रभावित भएको पाखेरीका शिक्षक कृष्ण केसीले बताए।
रौता र पोखरीका केही भाग समुद्री सतहदेखि १ हजार ९ सय मिटर उचाईमा छन्। जिल्लाकै सबभन्दा उचाईमा पर्ने नामेटार गाविस समुद्री सतहदेखि २ हजार ३ सय मिटर अग्लो स्थानमा छ। नामेटार आसपासका बाराहा, बासबोटे र जाँते पनि समुद्री सतहदेखि १ हजार ८ सय मिटरभन्दा बढी उचाईमा छन्।
त्यस्तै आसपासका इनामे, ठानागाउँ, लिम्पाटार, ओख्ले र आँपटार गाविस सरदर १ हजार ५ सय मिटरदेखि १ हजार ८ सय मिटरसम्म उचाईमा छन्।